हर्क साम्पाङकाे कटाक्ष: म सफल हुँदा दलतन्त्र धरापमा पर्छ

काठमाडौ, ९ चैत । काम सँगै अरुका आलोचनामा तुरुन्तै क्रीया प्रतिक्रिया दिइहाल्ने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ फेरि एकपटक सामाजिक संजालमार्फत चर्चामा छन् ।
आफुलाइ असफल बनाउन दलतन्त्रका गिरोह सक्रिय रहेको आरोप लगाउदै आफ्नो फेसबुकमा ‘तिमीलाई मेरो शुभकामना !’ शिर्षकमा मेयरले लेखेका छन्-‘हो तिमीले मलाई सहयोग गर्नु हुँदैन किनकि म सफल भएँ भने दलहरुको दलतन्त्र धरापमा पर्छ !’
त्यस्तै उनले अगाडी लेखेका छन्-‘पुरानै समस्याहरुलाई यथावत राखेर जनतालाई लुट्न दिइनँ ! माफियातन्त्र र दलालीको अन्त्य गर्न चाहें ! त्यही भएर मलाई असहयोग गर्नु पर्छ ! देशको भविष्य सँगै निहित रहेको तिम्रो सन्तानको भविष्यको बाल मत्लब तिम्लाई ! मलाई रोक्न छेक्न र सिध्याउन तम्सिनु पर्छ तिमी ! देशमा सुशासन र बिकास भयो भने कसरी राजनीति गर्ने ? झुट्को राजनीति कसरी गर्ने ? चिन्ता छ तिमेरुलाई !’
धरानमा चुनाव जितेदेखी नै चर्चामा रहेका मेयर साङपाङले भनेका छन्-‘ सामन्त हो… तिमीहरुलाई सुर्ता छ तिमेरुको सामन्ति सत्ता गुम्दैछ ! हो त्यसैले मलाई बेस्सरी गाली गर्नु पर्छ ! मुद्दा मामिलामा अल्झाउनु पर्छ ! म धरान र आफ्नो देशलाई सफल बनाउन भरमग्दुर कोशिस गरिरहन्छु ! तिमेरु मलाई असफल बनाउन खोजि रहन्छौ ! तिम्ले जानेको, बुझेको र सक्ने भनेको त्यतिनै हो खुट्टा तान्ने ! मैले बुझेको भनेको तिम्रो धारामा पानीको अभाव नहोस् !’
उनले अझै अगाडी लेखेका छन्-‘तिमी हिँड्दा सुकिला मुकिला लुगा लाएर हिंड्न सक ! तिम्रो दिन चर्या राम्ररी बितोस भनी भीर पाखामा पाइप तान्ने ! तिम्रो र मेरो सोच मिल्दैन ! बोलि र शैली मिल्दैन ! तिमी आफ्नो काम गर ! म आफ्नो काम गर्छु ! म तिमी बस्ने देश सफल बनाउन भरमग्दुर कोशिस गर्नेछु, तिम्रो पिंडी दर पिंडी सन्तानको भविष्य बनाउने कोसिस गर्नेछु ! तिमी मलाई असफल बनाएर आफ्नो अभिष्ट पूरा गरी सफल बन्न सक ! तिमीलाई मेरो शुभकामना !’

