साफ च्याम्पियनसिप आगामी जूनमा बैंगलोरमा हुने

काठमाडौं, ६ चैत । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता २०२३ को मिति घोषणा भएको छ । साफ च्याम्पियनसिप आगामी जुन २१ देखि भारतको दक्षिणी राज्य कर्नाटकको राजधानी शहर बैंगलोरमा हुने भएको हो ।
भारतीय फुटबल महासंघले आइतबार मिति घोषणा गर्दै साफ च्याम्पियनसिप जुन २१ देखि जुलाई ३ सम्म हुने घोषणा गरेको हो । साफ च्याम्पियनसिपका खेलहरु श्री कान्तिभरा रङ्गशालामा हुनेछ ।
प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिने र दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने जनाइएको छ । च्याम्पियनसिपको ड्रका लागि छिटै मिति घोषणा गरिने पनि जनाइएको छ ।
दक्षिण एसियाका सबै टोलीको सहभागिता रहने भनिएपनि श्रीलंका फुटबल भने हाल फिफाको निलम्बनमा रहेको छ ।

