रेणु भन्छिन्- गौतम बुद्ध क्रिकेट रङ्गशाला छिट्टै बन्छ

काठमाडौं, ३ चैत । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्ने कुरामा ढुक्क रहन आश्वासन दिलाएकी छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै दाहालले रङ्गशाला निर्माणबारे केही दिनमा खुशीको खबर सुन्न पाइने जनाउँदै रङ्गशाला बन्ने आश्वासन दिलाएकी हुन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हिजो भएको नेपाल र युएईको खेलमा पुगेकी दाहाललाई थुप्रै दर्शकहरुले स्टेडियम कहिले बन्छ भनेर प्रश्न गरेका थिए ।
खेलपछि दाहालले फेसबुकमा लेखेकी छन्, ‘ढुक्क हुनुस् भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्छ केही दिनमा खुशीको खबर सुन्न पाउनुहुनेछ ।’

