निवर्तमान राष्ट्रपति भण्डारी छोरीको घरमा

काठमाडौं, २९ फागुन । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी करिब साढे सात वर्षपछि शितलनिवासबाट बाहिरिएकी छन् । उनले ७ वर्षपछि ४ महिना १८ दिन शितल निवासमा बिताएकी थिइन् ।

२०७२ साल कार्तिक ११ गते नेपालको व्यवस्थापिका संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित भण्डारीको दोस्रो कार्यकाल २०७४ फागुन २९ गते शुरु भई हिजो रातिदेखि सकिएको थियो ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ लिएपछि भण्डारीलाई विदाई गरिएको थियो । उनको बिदाईमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो।

भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले निवर्तमान राष्ट्रपति भण्डारीले शीतल निवास छाडेर छोरी उषाकीरणको घरमा गएको बताए । राष्ट्रपति भण्डारीको निजी निवास भने बुढानिलकण्ठमा पुनःनिर्माण भैरहेको छ ।

निवर्तमान राष्ट्रपति भण्डारीकी छोरी उषाकीरण मदन भण्डारी फाउण्डेशन मार्फत एमालेको राजनीतिमा सक्रिय छिन् । उषाको मन्डिखाटार नजिकै रहेको घरमा निर्वतमान राष्ट्रपति भण्डारी केही समय बस्ने स्रोतले बताएको छ।

भण्डारीकी दुई छोरी उषाकिरण र निशा कुसुम छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय