राष्ट्रपति भण्डारीको कार्यकाल सकियो, भोलि आफ्नै निवास सर्ने तयारी

काठमाडौं, २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको ७ वर्ष शितल निवासमा बितेको छ । २०७२ साल कार्तिक ११ गते पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी विद्यादेवी भण्डारीको दोस्रो कार्यकालको पदावधी पनि आज सकिँदैछ ।
राष्ट्रपति भण्डारी २०७४ फागुन २९ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिईन् । उनीपछिको राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भैसकेका छन् । पौडेलको सपथ र भण्डारीको बिदाई भोलि हुँदैछ ।
२०७४ फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी भण्डारी भोलिदेखि निजी निवास बुढानिलकण्ठ सर्ने तयारी छ। त्यसका लागि उनको निजी निवासमा रंगरोगनको काम धमाधम भैरहेको छ।
राष्ट्रपति भण्डारीको निजी सचिवालयका अनुसार सोमबार उनि निजी निवास सर्ने तयारी छ। त्यसको लागि आवश्यक व्यवस्था नेपाल सरकारले मिलाउने छ। त्यसभन्दा अगाडि सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायधिश हरिकृष्ण कार्कीले नवनिर्वाचित राष्ट्रपति पौडेललाई सपथग्रहण गराउने र भण्डारीले विदाई लिने कार्यक्रम पनि छ।
एमालेका तात्कालिन महासचिव मदन भण्डारीको दासढुङ्गामा रहस्यमय दुर्घट्नापछी मृत्यु भएपछी विद्या भण्डारी नेपाली राजनीतिमा प्रवेश भएको थियो । शुरुमा काठमाडौंबाट उपचुनाव जितेर संसद यात्रा शुरु भएको भण्डारी पछी पार्टीको उपाध्यक्ष समेत भएकी थिईन्।

