नेपाली सेलिब्रेटीका ‘डिभोर्स’ बढ्दै

काठमाडौं, २९ फागुन । नेपालमा प्रेम, विवाह र बिछोडका घटनाहरु ठुलै सामाजिक मुद्दा बन्ने गरेका छन्। खासगरी सेलिब्रेटीका लागि प्रेम,विवाह र डिभोर्सबारे जवाफ दिनै गाह्रो समेत भइदिने गरेको छ ।
कुन नायीका कसको प्रेममा छिन् ? कुन अभिनेताको बिवाह को सँग हुँदैछ ? को-कसले कहाँ कसरी बिहे कहिले गर्दैछन् ? हनिमुन मनाउन कहाँ जान्छन् ? जस्ता कुरामा नेपाली समाजले चासो लिएको पाईन्छ । युरोप तथा अमेरिकी देशमा यसलाई सामान्य रुपमा लिईन्छ । त्यहाँ यस्ता कुराले कुनै स्थान पाउँदैन र समाचार पनि बन्दैनन्।
कतिपय ‘सेलिब्रेटी’ले आफ्ना निजी सम्बन्धहरु बाहिर नजाओस भन्ने पनि चाहन्छन्।तर,समाजले उनिहरुलाई नजिकबाट नियालिरहेका कारण यी कुरा गुपचुप रहन सक्दैनन्। कहिलेकाँही चासो नै नभएको कुरामा पनि पत्रकार ऋषि धमलाले भनेजस्तै ‘जनता जान्न चाहन्छन्’ भने जसरी प्रश्न सोधेर हैरान पार्ने जमात पनि थुप्रै छन्।
तर,केही सेलिब्रेटीका प्रेम,विवाह र डिभोर्सले भने कहिलेकाँही बजार तताईरहेको हुन्छ । कुनै मत्लव नै नगर्दापनि हुने कुरामा समेत ‘चियो चर्चा’ गर्ने नेपाली समाजको पुरातनवादी सोंच पनि हो ।
चलचित्र निर्माता छवि ओझाको चौथो बैवाहिक जीवन सफल नभएपछी उनि अब पाचौं विहे नगर्ने मुडमा छन्। उनले सार्वजनिक रुपमा यसो भनिरहँदा उनीसँग अझै विहे गर्न तयार भएका महिला फ्यानहरु दुःखी समेत भएका थिए । यद्यपि छविले विहे नगर्ने कुराको निणर्य उनकै हातमा छ।
भर्खरै उनकी चौथी श्रीमती शिल्पा पोखरेलले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले सम्बन्ध विच्छेद र आधा ऋण व्यहोर्नेगरी सम्पत्ति पाउने ठहर गरेको छ। छविले अदालतलाई दिएको विवरणमा उनको २० करोड ऋण छ। छविको आधा सम्पत्तीबाट ऋणको आधा रकम कटाएर शिल्पाले सम्पती पाउने छिन्।
२०७८ भदौं १ गते नायक निखील उप्रेतीले जेठी श्रीमती कोपिला उप्रेतीलाई भक्तपुरको सिङ्गो घर दिएर सम्बन्ध विच्छेद गरे। घरसँगै नगद ५० लाख र छोराको लालन पालनको लागि मासिक ५० हजार दिने सहमती भक्तपुर जिल्ला अदालतका न्यायधिश उमेश कोईरालाकै रोहवरमा गरियो ।
नायीका निशा अधिकारीले पनि श्रीमान शरद भेषावकरविरुद्ध अंश मुद्दा दायर गरेकीछन्। उनका पति क्रिकेटर हुन्। निशाले यसलाई निजी मामला भनिरहेकी छिन् । तर,उनका फ्यानहरुले निशा र शरद भेषावकर नछुट्टिएक हुन्थ्यो भनिरहेका छन्।
यी केहि उदाहरण मात्रै हुन्। नेपाली सेलिब्रेटी जसलाई समाजको ऐना र राष्ट्रको गहना पनि भनेर सम्बोधन गरिन्छ । उनिहरुको विवाह अनी सम्बन्ध विच्छेदको घट्ना सायद उनिहरुका फ्यानले सुन्न चाहँदैनन्।
किनभने चलचित्रको पर्दामा सँधै नकारात्मक कुराको विरुद्ध उभिने सकारात्मक पात्र अर्थात नायक(हिरो) र नायीका(हिरोईन) भएर अभिनय गर्ने कलाकार आफ्नै बैवाहिक सम्बन्धलाई ‘बिच्छेद’गरेर समाजलाई कस्तो सन्देश दिन खोज्दैछन् ? भन्ने पनि सबाल उठ्न सक्छ।
हाँस्यकलाकार मनोज गजुरेल बढी फ्यान फ्लोअर हुने सेलिब्रेटी मध्यमा पर्दछन्। जब मनोजले श्रीमती मिना ढकालसँगको २२ वर्ष लामो बैवाहिक जीवनको अन्त्य गरे त्यसपछी उनका समर्थक र शुभचिन्तक दुःखी भए।
नेपाली सेलिब्रेटि मध्य चर्चित जोडी थियो नायक भुवन केसी र नायीका सुस्मिता केसीको । तीनपाते चियाको विज्ञापनदेखि झाँगिएको प्रेमलाई विबाहमा बदलेका उनिहरुको छोरा अनमोल केसी अहिले चल्तीका नायक हुन्। यो जोडीको सम्बन्ध विच्छेद पछी भूवन पुनः विवाह गर्ने तयारीमा छन् भने सुस्मीता देश बाहिर छिन् ।
त्यस्तै अर्को चर्चित सम्बन्ध विच्छेद हो पूर्व मिस नेपाल तथा मोडल उषा खड्गी र सञ्चारकर्मी जी.पी तिमिल्सिनाको । यी दुईको डिभोर्सले पनि निकै चर्चा पाएको छ। मीस नेपाल भैसकेकी खड्गी र सञ्चारकर्मी तिमिल्सिनाले २ बर्ष प्रेम र १७ वर्ष लामो बैवाहीक सम्बन्ध क्षणभरमै टुङ्गयाए । सम्बन्ध विच्छेद गरेर पनि एउटै घरमा बस्दै आएका तिमिल्सिनाले दोस्रो विहे गरेर घरमै दोस्री श्रीमती भित्राएपछी खड्गीले चित्त दुखाईन् । अहिले जी.पी दोस्री पत्नीसँग छन्।
त्यसैगरी नायीका पूजा चन्द र एन्जल्स ब्यान्डका गायक राजु लामाको सम्बन्ध पनि लामो समय टिकेन। दुबै अमेरिका बसेको समयमा प्रेममा परेर बच्चा समेत जन्माएपनि अहिले पूजाले दोस्रो विहे गरीसकेकी छिन्।
अभिनेत्री सौजन्य सुब्बाले पनि पहिलो विहे तोडेर पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा भूपेन चन्दसँग दोस्रो विवाह गरेकी हुन् । सौजन्य र भूपेनले विवाहपूर्व नै आ-आफ्नो डिभोर्स गरिसकेका थिए ।
त्यसैगरी नायीका सञ्चीता लुईटेलको पनि आकाश शाहसँगको सम्बन्ध बिच्छेदपछी नायक निखील उप्रेतीसँग दोस्रो विहे भएको हो। हाल निखिल र संचितासँगै छन्। त्यसैगरी गायीका अन्जु पन्तको पनि पहिलो श्रीमानसँगको डिभोर्सपछी अहिले दोस्रो विहे गरेर अमेरिका आउ-जाउ गर्दैछिन्।
नायीका एवं कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मा पनि डिभोर्सपछी अहिले एक्लै रमाउँदैछिन्। युरोप बस्ने रबर्ट विश्वकर्मासँगको सम्बन्ध १ बर्षमै टुङ्गिएपछी उनि अहिले कार्यक्रहरुमा ब्यस्त छिन्।
गायक रामकृष्ण ढकाल र उनकी श्रीमती नीलम शाहबीच पनि डिभोर्स भएको छ। डेढ दशक लामो वैवाहिक सम्बन्धलाई टुंग्याउँदै उनीहरूले अलग हुने निणर्य गरेका हुन्।यद्यपि यो डिभोर्सलाई धेरैले अपत्यारिलो मानेका छन्। तर,उनका शुभचिन्तकलाई भने यो खबरले दुःखी बनाएको थियो।
लोक गायीका वविता बानिया जेरी र शंकर क्षेत्रीको सम्बन्ध विच्छेदले पनि कलाकारको सम्बन्ध टिकाउ किन हुनसक्दैन ? भन्ने कुरालाई नै बल पुर्याएको छ। विहे गरेको २ बर्ष नपुग्दै उनिहरु छुट्एिका छन्। उनिहरुको एक छोरी छिन्।
उता नायीका मनिषा कोईराला र व्यवसायी सम्राट दाहालको सम्बन्ध पनि मुस्किलले एक बर्ष मात्रै टिक्यो । वीपी कोईरालाकी नातीनी तथा भारतिय चलचित्रकी चर्चित नायीका मनिषा र विराटनगरका व्यवसायीका छोरा सम्राटको काठमाडौंको गोकर्ण रिसोर्टमा २०७१ मा विवाह भएको थियो ।
विवाहको केहि समयपछी नै उनिहरु छुट्टा छुट्टै फ्लाटमा बस्न थाले र त्यसको ३ महिनापछी डिभोर्स भयो। हाल मनिषा राजतन्त्र फर्काउने अभियानमा छिन् ।

