क्रिकेट विश्‍वकप लिग २ मा नेपाल र पिएनजी खेल्दै

काठमाडौं, २५ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनी (पिएनजी) सम्मिलित त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपालले आज पिएनजीसँग खेल्दैछ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार विहान ९ बजेदेखि सुरु हुनेछ । खेलको कान्तिपुर टिभी र कान्तिपुर सिनेप्लेक्स एचडी च्यानलमार्फत प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।

यो विश्‍व क्रिकेट लिग २ को अन्तिम श्रृंखला पनि हो । यस श्रृंखलापछि विश्‍वकप छनौटमा सोझै छनौट हुने नामिबिया, नेपाल र युएईमध्ये एक टोलीको टुङ्गो लाग्ने छ ।

यसअघि युएईमा केही दिनअघि सम्पन्‍न श्रृंखलामा नेपालले पिएनजीलाई दुवै खेलमा हराउँदा युएईसँग एक खेलमा पराजित भएको थियो भने एक खेल जितेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय