राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने

काठमाडौं, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएको छ ।
बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी नहुने निर्णय गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राष्ट्रपति चयनका लागि संघीय सांसद र प्रदेशसभा सदस्यले मतदान गर्ने व्यवस्था रहेको छ । राप्रपाका १४ जना संघीय सांसद र २८ जना प्रदेशसभा सदस्य छन् ।
राष्ट्रपति चयनका लागि भोलि निर्वाचन हुँदै छ । राष्ट्रपतिका लागि नेपाली काँग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।

