क्रिकेट विश्वकप लिग २ मा नेपाल र युएई भिड्दै

काठमाडौं, २२ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएई, नेपाल र पपुवा न्युगिनी (पिएनजी) सम्मिलित त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले आज युएईसँग खेल्दैछ ।
युएईको दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने १२ बजेदेखि सुरु हुनेछ ।
यसअघि भएको पहिलो खेलमा नेपालले पिएनजीलाई हराएको थियो भने युएई पिएनजीसँग दुवै खेलमा पराजित भएको थियो ।
त्यसैगरी युएईले नेपाललाई भने हराएको थियो । आजको खेल जितेर दुवै टोली सोझै विश्वकप छनौट खेल्ने आशा जीवितै राख्न चाहन्छन् ।

