विश्‍वकप लिग २ मा आज नेपाल र पिएनजी खेल्दै

काठमाडौं, १९ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएई, नेपाल र पपुवा न्युगिनी (पिएनजी) सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज पिएनजीसँग खेल्दैछ ।

युएईको दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने १२ बजेदेखि सुरु हुनेछ । खेलको कान्तिपुर सिनेप्लेक्स एचडी च्यानलमार्फत प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।

यस श्रृंखलामा यसअघि भएको आफ्नो पहिलो खेलमा नेपालले पिएनजीलाई हराएको थियो भने दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय