रास्वपाले चुनाव चिन्हबाट गोलाकार हटायो

काठमाडौं, १७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनाव चिन्हमा सामान्य परिवर्तन गरेको छ ।
पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बुधबार विज्ञप्ति जारी गर्दै चुनाव चिन्ह परिवर्तन गरिएको जानकारी गराएका हुन् ।
गोलाकारभित्र घन्टी चुनाव चिन्ह भएको रास्वपाले बाहिरको गोलाकार हटाइदिन निर्वाचन आयोगमा पत्राचार गरेको थियो ।
आयोगले रास्वपाको प्रस्ताव फागुन १५ गते स्वीकारेपछि चुनाव चिन्ह फेरिएको हो ।

