पिएनजीविरुद्ध टस जितेर नेपाल फिल्डिङमा, प्रतिशले डेब्यु गर्दै

काठमाडौं, १५ फागुन । आईसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएई, नेपाल र पपुवा न्युगिनी (पिएनजी) सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपाल र पिएनजी खेल्दै छन् ।

युएईको दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

नेपालका लागि आज बाँयाहाते तीव्र गतिका बलर प्रतिश जिसीले डेब्यु गर्दै छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय