आबेको निधनमा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं, २४ असार । सरकारले जापानका पूर्वप्रधानमन्त्री सिन्जु आबेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

आबेको शुक्रबार गोली हानी हत्या भएको थियो । चुनावी सभालाई सम्बोधन गरिहेका बेला उनीमाथि गोली प्रहार भएको थियो ।

नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आबे हत्याको घोर भत्सर्ना गरेको छ र उनको निधनप्रति भोलि शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

विभिन्‍न नेताहरूले आबेको निधनप्रति शोक जनाएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...