दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रीता थापामगर सर्वसम्मत

काठमाडौं, १४ फागुन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापामगर सर्वसम्मत निर्वाचित भएकी छन् ।
शुक्रवारदेखि धादिङबेसीमा भइरहेकाे प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् ।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावलीअनुसार थापाका विरुद्ध उम्मेदवारी नै नपरेपछि उनी सर्वसम्मत बनेकी हुन् ।
प्रत्यक्ष दोहोरी गीतबाट चर्चामा रहेकी उनी लोक तथा दोहोरी क्षेत्रमा दशकअघिदेखि तल्लीन थिइन् भने यसअघि प्रतिष्ठानको विभिन्न पदमा रहेर काम गरिसकेकी छन् ।
प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाण सर्वसम्मत भएका छन् ।

