आगलागीमा परेर पाँचथरमा दुई बालकको ज्यान गयो

पाँचथर, १३ फागुन । पाँचथरको हिलिहाङमा गएराति आगलागी हुँदा दुई बालकको जलेर ज्यान गएको छ ।

शुक्रबार अपरान्ह स्थानीय प्रेम पन्थाकको खरले छाएको घरमा आगलागी हुँदा ५ वर्षीय सेसेहाङ पन्थाक र ४ वर्षीय निशान खातीकाे घटनास्थलमै ज्यान गएको हो ।

परिवारका सदस्य काममा गएका बेला घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय