आगलागीमा घाईते भएका सांसद भण्डारी बोल्नसक्ने भए

काठमाडौं, ११ फागुन । घरकै ग्याँस सिलिण्डर लिक भएर आगलागी हुँदा घाइते भएका नेपाली कांगेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । उनी सामान्य बोल्नसक्ने अवस्थामा छन् ।

भारतको मुम्बई स्थित नेशनल बर्न सेन्टरमा उपचारात भण्डारीको उपचारमा संलग्न डाक्टरहरुका अनुसार भण्डारीलाई एण्टीवायोटिक थप गरिए पछी इन्फेक्सनको मात्रा कम हुँदै गएको छ ।

उपचारमा संलग्न बरिष्ठ डाक्टर अमोल मात्रेका अनुसार ५ लिटर अक्सीजनमा मात्र राख्ने भनिएपनि प्रेसर मास्कमा ८ लिटरमै राखिएको छ । भण्डारीको सबै पारामिटरहरु नर्मल रहेको उनिसँगै गएका सहयोगी एवं व्यवसायी योगराज कँडेलले जनाएका छन् ।

पछिल्लो समयमा दाजु चन्द्र भण्डारी बोल्न पनि थालेको भन्दै योगराजले सामाजिक सञ्जालमा समेत लेखेका छन । ‘डाक्टरसंग परामर्श लिई रहँदा मेरो आवाज सुनेर योगराज यता आउ भनि बोलाउनु भयो, यहाँ म संग आएर बस मेरो मास्क हटाउन लगाउ, हात खुट्टाको पट्टी हटाउन लगाउ भन्नु भयो’ भण्डारीसँगै मुम्बईमा रहेका योगराजले आफ्नो फेसबुक वालमा लेखेका छन् ।

अघिल्लो साताको बुधबार शंखमुलस्थित निवासमा ग्याँस लिक हुदाँ आगलागीमा परेर भण्डारी घाईते भएका थिए । उनिसँगै घाईते भएकी उनको ८६ बर्षिय आमाको भने भोलिपल्टै मृत्यु भएको थियो ।

गम्भीर घाइते भएका भण्डारीलाई किर्तीपुरमा उपचार हुन नसकेपछी एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय