स्पट फिक्सिङ मुद्दाका तीनै जनालाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं, १० फागुन । स्पट फिक्सिङको आरोपमा पक्राउ परेका मेहबुब आलम, मोहम्मद आदिल अन्सारी र नितेश गुप्तालाई  जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको छ ।

बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको एकल इजलासले पूर्वखेलाडी आलम, हालका खेलाडी आदिल र स्थानीय गुप्तालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

गएको पुसमा काठमाडौंको कीर्तिपुरमा भएको नेपाल टी-२० प्रतियोगितामा स्पट फिक्सिङ भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको थियो ।

सोही क्रममा प्रहरीले आलम, आदिल र गुप्तालाई पक्राउ गरेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय