सांसद चौधरी रिहा

काठमाडौं, ७ फागुन । नागरिक उन्मुक्ति पार्टीका नेता एवं कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुण चौधरी रिहा भएका छन् । ट्र्याक्टर आगजनीको मुद्दामा जेलमा रहेका चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आम माफी दिलाइ रिहा गरिएको हो ।
जिल्ला कारागार कैलालीमा रहेका चौधरीलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै रिहा गरिएको र उनलाई नागरिक उन्मुक्ति पार्टीकि अध्यक्ष रन्जिता श्रेष्ठले स्वागत गरेको बुझिएको छ । प्रतिनिधि सभा सांसद चौधरी पक्राउपछि निलम्बनमा थिए । रिहाईपछि पार्टीका नेता, कार्यकतर्ता र शुभेच्छुकले उनलाई अबीर र खादा लगाइदिए ।
०६६ भदौ ३ मा ट्याक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

