पूर्वराजा ज्ञानेन्द्र भन्छन्- अब चुप बस्‍न सक्दैनौं

काठमाडाैं, ७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह पुनः सक्रिय बन्ने मुडमा देखिएका छन् । प्रजातन्त्र दिवसको शुभकामना दिदै पुर्व राजा शाहले आफू चुप लागेर नबस्‍नेसम्मको अभिव्यक्ति सार्वजनिक गरेका छन् ।

फागुन १ गते झापाको एक खुला कार्यक्रममा जनताको बिचमा देखिएका ज्ञानेन्द्र शाहले फागुन ७ को प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा विज्ञप्ति जारी गरि देश जोगाउन दलहरूलाई राजसंस्थासँग सहकार्य गर्न आह्वान समेत गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र ले देश अधोगतिमा जान लागेको भन्दै दलहरूसँग सहकार्यको आवश्यकता रहेको जिकिर गरेका छन् । बहुसंख्यक नेपाली जनताले चाहेको निर्णय स्वीकार्ने राजसंस्थाको परम्परा रहेको, तर मुलुक प्रतिकुल अवस्थामा रहेकाले मौन रहन नसक्ने उनले बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यमा भनिएको छ, ‘शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरुमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौं । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं ।’

नेपाल एकीकरणको २४० वर्षपछि शासकीय सत्ता जनताको नासो जनतालाई आफूले बुझाएको उल्लेख गर्दै शाहले अहिले देश कुशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा फसेको भन्दै अब आफू मौन रहन नसक्ने बताएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय