अनेरास्ववियु अध्यक्षमा समिक बिजयी

काठमाडौं, ५ फागुन । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा समिक बडाल विजयी भएका छन् ।
बिहिवार भएको चुनावको भर्खरै प्राप्त नतिजा अनुसार प्रतिष्पर्धीलाइ झन्डै ६ सय मतको अन्तरले हराउदै उनी बिजयी भएका हुन् । २३ औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्वमा पुगेका उनी यसअघि महासचिव थिए ।
बडालले ९६२ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्दी आरसी लामिछानेले ३५६ मत पाए। त्यस्तै अध्यक्षका अर्का उम्मेदवार मोती विकले ७८ मत पाएका थिए । सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गए राति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो ।
निर्वाचनमा १५१७ मत खसेको थियो । त्यस्तै महासचिवमा नरेश रोकाया विजयी भएका छन् । उनले ७३३ मत प्राप्त गरे । उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् ।
सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले विजयी भएका छन् ।

