अनेरास्ववियुको नयाँ नेतृत्वका लागि मतदान हुँदै

काठमाडौं, ४ फागुन । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ।
१७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय भन्दा बढीले उम्मेदवारी दिएका छन् । एक अध्यक्षका लागि ५ जना र चार उपाध्यक्षका लागि १६ जना, १ महासचिवका लागि पाँचै जना उम्मेदवार बनेका छन्।
यस्तै सबैभन्दा धेरै उम्मेदवार सचिवमा छन् । ६ खुला सचिवका लागि ४८ जना, ३ महिला खुला सचिवका लागि १० जना र १ खुला समावेसी सचिवका लागि ४ जनासहित कुल १० सचिवका लागि ६१ जना प्रतिस्पर्धामा छन्।
१७ पदाधिकारीसहित स्थायी कमिटी र केन्द्रीय सदस्यको निर्वाचन हुनेछ।

