शाहरुख खानको ‘पठान’ले विश्वभरबाट कमायो १७ अर्ब रुपैयाँ !

काठमाडौं, २८ माघ । बलिउडका बादशाह शाहरुख खान अभिनित पठानले अहिलेसम्म १ हजार करोड भारु अर्थात १६ अर्ब नेपाली रुपैयाँ बराबरको व्यापार गरेको छ ।
गत जनवरी २५ मा रिलिज भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा कम समयमा त्यतिधेरै रकम संकलन गरेको हो । विश्वभरको मल्टिप्लेक्सबाट यो रकम कमाएको र छिटो धेरै कमाउने चलचित्रको रेकर्डसमेत कायम गरेको यशराज फिल्मसले जनाएको छ।
सो फिल्ममा शाहरुख खानसँगै दीपिका पादुकोण, जोन अब्राहम, आशुतोष राणाको अभिनय छ । चलचित्रमा सलमान खानको समेत मुख्य र अतिथि भुमिका छ ।
अन्य हिन्दी फिल्ममा जस्तै आतंकवादी गतिविधिसँगको विषय समेटिएको र विश्वका १२ देशमा छायांकन गरिएको फिल्ममा भारत, पाकिस्तान, दुबई, काजकिस्तान, इटली, फ्रान्स, हङ्गेरी लगायत देशको दृश्य देखाइएको छ ।
पछिल्ला फिल्महरु लगातार असफल भएपछि ४ बर्ष पछि पुनः ‘कमब्याक’ गरेका शाहरुखले पठानमार्फत पुन: बलिउडको बादशाहको छबिलाई कायम राखेका छन् ।
फिल्मको समिक्षा गर्दै बलिउडका फिल्म विश्लेषकहरुले समेत शाहरुखको क्रेज अझै बलिउडमा केही वर्ष चल्ने बताएका छन् ।
चलचित्र समिक्षक टरन आदर्शले उक्त फिल्मलाई ४.५ स्टार रेटिङ दिएका छन् ।

