टर्की भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २३ हजार नाघ्यो

एजेन्सी, २८ माघ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २३ हजार नाघेको छ । त्यसैगरी १० हजारभन्दा बढी घाइते छन् ।

उद्धारकर्मीहरूका अनुसार टर्कीमा करिब २० हजार जना तथा सिरियामा करिब ३५०० जनाले ज्यान गुमाएका छन् । प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकिने विश्वासका साथ खोजतलास भइरहेको छ ।

टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेका छन् । विश्व बैंकले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपालबाट पनि उद्दार र राहतका लागि मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने तयारी भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय