सामाजिक सञ्जाल ह्‍याक गरी ठगेको आरोपमा पोखराका परियार पक्राउ

काठमाडौं, २७ माघ । नेपाल प्रहरीको साइबर ब्‍यूरोले अमेरिका बस्‍ने नेपालीको सामाजिक सञ्जाल ह्‍याक गरी रकम ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१९ लामाचौर स्थायी घर भएका २३ वर्षीय आशिष परियार रहेका छन् । उनलाई साइबर ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

परियारले अमेरिका बस्‍ने नेपालीको प्रोफाइलबाट नेपालमा रहेका साथीलाई केही रकम आवश्यक परेको भन्दै सहयोग मागेका थिए र रकम प्राप्त गरेपछि सम्पर्कविहिन रहेका थिए ।

पक्राउ परेका उनीमाथि साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट २ दिनको म्याद थप भई आवश्‍यक अनुसन्धान भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय