चितवनका किसानद्वारा सडकमै तरकारी फालेर आन्दोलन

चितवन, २० माघ । तरकारीले उचित बजार र मूल्य नपाएको भन्दै चितवनका किसानहरु आन्दोलनमा उत्रिएका छन् । भारतीय तरकारीले बजार कब्जा गरेको भन्दै स्थानीय किसानहरुले तरकारी सडकमै फालेर आन्दोलन गरेका हुन् ।
किसानहरुले टमाटर, काउली, बन्दालगायतका तरकारी बोकेको गाडीसहित नारायणगढको पुल्चोकमा पूर्व-पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरेका थिए ।
स्थानीय उत्पादन नै पर्याप्त भइरहेको समयमा भारतबाट आयात बढेको भन्दै किसानहरू आक्रोशित बनेका छन् । भारतबाट आयात गरिएको तरकारीका कारण स्थानीय किसानले गरेको उत्पादन बिक्री हुन छाडेको उनीहरुको दुखेसो छ ।
देशमा उत्पादित तरकारीले बजार नपाएकाले आयात रोकिदिनुपर्यो भनेर सरकारी निकायहरूमा सहयोग माग्दा बेवास्ता गरिएपछि आफूहरू सडकमै पुग्नुपरेको उनीहरुको भनाइ छ ।
थप तस्वीरहरु:





