लोकदोहोरी गायक भिम पौडेलको निधन

काठमाडौं, १३ माघ । इन्द्रेणी कार्यक्रममा प्रायः देखिइरहने लाइभ दोहोरी गायक भिम पौडेलको निधन भएको छ ।
उनी केही समयदेखि डिप्रेसनमा रहेको बुझिएको छ । यद्यपि मृत्युको कारण खुलेको छैन ।
बिहिवार राती ११ः२० मा भिमको निधन भएको उनका आफन्तले पुष्टि गरेका छन् ।
भिमको शव पोखरामा लगिएको इन्द्रेणीका संचालक कृष्ण कंडेलले जानकारी दिए । केहि समय देखि बिरामी रहेका भीम डिप्रेसनमा रहेको भनिएपनी कारण खुलेको छैन ।
पौडेलले एक महिना अगाडी इन्द्रेणीको स्टुडियोमा पुगेर एउटा मात्रै दोहोरी गएका थिए । त्यसपछि उनी दोहोरीमा देखिएनन् ।
भिमले २ महिना देखि राम्रोसँग नखाने, एकोहोरो हुने जस्ता लक्षण देखाएको सोही कारण परिवार समेत चिन्ता थियो ।
उनको ७८ बर्षीय आमा र ४ भाई अनि ४ दिदि बहिनी रहेका छन् । उनी स्याङ्जाको पुतलीबजार नगरपालिकामा जन्मिएका थिए।

