ऋणको भार बढ्दै गएपछि विराटनगरका व्यवसायीद्वारा आत्महत्या

मोरङ, १२ माघ । विराटनगरमा एक व्यवसायीले आत्महत्या गरेका छन् । विराटनगरका इलेक्ट्रिक व्यवसायी मोहनप्रसाद न्यौपाने झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

विराटनगरको शनि मन्दिर रोडमा इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका उनी विराटनगर महानगरपालिका– ३ स्थित आफ्नै घरको बाथरुममा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

उनले सुसाइड नोट पनि छाडेका छन् । व्यवसाय गर्नका लागि बैंकबाट १ करोड ४५ लाख रुपैयाँ ऋण लिएको र मासिक पाँच लाख किस्ता तिर्नुपर्ने कुरा उनले नोटमा उल्लेख गरेका छन् ।

पछिल्लो समय उनको राम्रो भइरहेको थिएन । व्यवसाय राम्रो नभएको र ऋणको भार बढ्दै गएका कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रहरी स्रोतले बताएको छ ।

मङ्गलबार मात्रै काठमाडौंमा एक युवा उद्यमीले जति प्रयास गर्दा पनि केही सफलता हासिल गर्न नसकेको भन्दै संसद भवनअगाडि आत्मदाह गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय