सभामुखमा एमालेका घिमिरे निर्वाचित

काठमाडौं, ५ माघ । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । बिहिबारको प्रतिनिधिसभा बैठकमा उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत परेको थियो ।

प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएकामा विपक्षमा १०० मत पर्दा एक जना सांसद भने तटस्थ रहे ।

सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले पनि उम्मेदवारी दिएको भएपनि घिमिरेले बहुमत पाएपछि ईश्वरीको उम्मेदवारीमाथि छलफल नै भएन ।

घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय