मन्त्रालय भागबन्डा टुङ्गियो, आज विस्तार गरी शपथग्रहण हुने

काठमाडौं, ३ माघ । सत्तारुढ दलहरुबीच मन्त्रालय भागबन्डाको विषय टुङ्गिएको छ । सोमबार रातिसम्म बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले भागबन्डा टुङ्गो लगाएको हो । भागबन्डा टुङ्गिएसँगै आज मन्त्रीपरिषद् विस्तार गरी शपथग्रहण पनि आजै हुने छ ।

सोमबारको बैठकपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कुन मन्त्रालय कसले लिने भन्‍ने निर्णय भएको र मङ्गलबार मन्त्रीसहित सार्वजनिक गर्ने बताए । मन्त्रीको शपथग्रहण दिउँसो एक बजे हुने छ ।

स्रोतका अनुसार गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा एमालेले ८ वटा मन्त्रालय पाउने छ भने माओवादी केन्द्रले ४ मन्त्रालय पाउने छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले समान ३/३ वटा मन्त्रालय पाउने भएको छ । माओवादी केन्द्र, रास्वपा र राप्रपाले एक-एक राज्यमन्त्री पनि पाउने छन् ।

जनता समाजवादी पार्टी (जसपा)को भागमा दुई र जनमत पार्टीको भागमा एक मन्त्रालय परेको छ । यसबारेमा विस्तृतमा मङ्गलबार जानकारी दिइने बताइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय