स्वतन्त्र सांसद साह एमालेमा प्रवेश

काठमाडौं, १९ पुस । गएको संघीय चुनावमा रौतहट-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश गरेका छन् ।
मङ्गलबार विहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर उनी एमाले प्रवेश गरेका हुन् ।
साहलाई ओलीले खादा र टीका लगाएर स्वागत गरेका छन् ।

