पोखरा गोल्डकप: आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा

तस्वीर: सहारा क्लब पोखरा

पोखरा, १८ पुस । संकटा क्लब पोखरामा जारी २२औं आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार पोखरा रङ्गशालामा भएको खेलमा विभागीय टोली नेपाल आर्मी क्लबलाई ३-१ गोलअन्तरले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।

१-० ले पछि परेको अवस्था उल्टाएर जीत निकाल्ने क्रममा संकटाका लागि मेसुके ओलोमोउ, सुरज जिउ ठकुरी र स्टेपेन बिनोङले १-१ गोल गरे । आर्मीका नवयुग श्रेष्ठले गोल गरे ।

खेलको १४औं मिनेटमा नवयुगले गोल गर्दै विभागीय टोलीलाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा मेसुकेले संकटाका लागि बराबरी गोल गरेपछि संकटा खेलमा फर्किएको थियो ।

७९औं मिनेटमा सुरज जिउले गोल गरेपछि संकटा खेलमा अग्रता लिन सफल भयो । इन्जुरी समयको चौथो मिनेटमा बिनोङले तेस्रो गोल गरेपछि संकटाको ३-१ को जित पक्का भयो ।

संकटाले अब फाइनल प्रवेशका लागि एपिएफ क्लबको सामना गर्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...