चर्च ब्वाइज पोखरा गोल्डकपको सेमिफाइनलमा, मच्छिन्द्र बाहिरियो

तस्वीर: गोलनेपाल

पोखरा, १७ पुस । चर्च ब्वाइज युनाइटेड पोखरामा जारी २२औं आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार पोखरा रङ्गशालामा भएको खेलमा मच्छिन्द्र क्लबलाई ३-१ गोलअन्तरले हराउँदै चर्च ब्वाइज सेमीफाइनलमा प्रवेश गरेको हो ।

चर्च ब्वाइजको जीतमा आशिष चापागाईंले २ तथा आशिष चौधरीले १ गोल गरे । सौरभ सुब्बाले गरेको गोल मच्छिन्द्रको लागि सान्त्वना बन्यो ।

खेलको २२औं मिनेटमा चापागाईंले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा ६५औं मिनेटमा चापागाईंकै एसिस्टमा चौधरीले गोल गरेपछि चर्च ब्वाइज ३-० ले अघि बढ्यो । ८८औं मिनेटमा सौरभले गोल गरेपनि त्यसपछि गोल नहुँदा चर्च ब्वाइज ३-१ को जीतका साथ सेमिफाइनलमा प्रवेश गर्‍यो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...