पोखरा, १६ पुस । साविक विजेता एपिएफ क्लब पोखरामा जारी २२औं आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको खेलमा धरान फुटबल क्लबलाई २-० गोलअन्तरले हराउँदै एपिएफ सेमीफाइनलमा प्रवेश गरेको हो । एपिएफको जीतमा विकु तामाङ र युवराज खड्काले १-१ गोल गरे ।
खेलको ३६औं मिनेटमा विकुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटमै युवराजले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।
दोस्रो हाफमा भने धरानले सुधारिएको खेल प्रदर्शन गरेपनि थप गोल भएनन् र एपिएफ २-० को जीतका साथ अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भयो ।