ब्राजिलका महान् फुटबलर पेलेको निधन

काठमाडौं, १५ पुस । ब्राजिलका महान् फुटबल खेलाडी पेलेको निधन भएको छ । क्यान्सरबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।
उनी उपचाररत अल्बर्ट आइन्स्टाइन अस्पतालले उनको सबै अंगले काम गर्न छाडेको जनाएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् ।
२१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् ।
तीनपटक विश्वकप फुटबलको उपाधि जित्ने उनी एकमात्र फुटबल खेलाडी हुन् ।
उनी सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानित समेत भएका थिए ।

