अब रत्‍ननगरमा पनि डोजर चल्छ: उपमेयर पाठक

चितवन, ११ पुस । पूर्वी चितवनको रत्‍ननगर नगरपालिकाले पनि नगरपालिका क्षेत्रभित्र सार्वजनिक जग्गामा बनेका अवैध संरचना डोजर लगाएर भत्काउने भएको छ ।

नगरपालिकाका उपमेयर यादवप्रसाद पाठकका अनुसार अवैध र अव्यवस्थित संरचना भत्काउनेबारे नगरपालिकाले निर्णय गरिसकेको छ । यसै हप्ताभित्र सार्वजनिक सूचना निकालेर काम सुरु गरिने जनाइएको छ ।

उनले भने, ‘हामी काठमाडौं गएकाले केही दिन ढिला भयो । नगरपालिकाले सार्वजनिक जग्गामा बनेका अवैध संरचना भत्काउने निर्णय गरिसकेको छ । भरतपुरमा जस्तो धेरै संरचनाहरु रत्ननगरमा नभए पनि जति छन् त्यति भत्काइन्छ ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय