चितवनको नारायणगढमा आज पनि चलाइयो डोजर

प्रतिक भट्ट, ९ पुस । चितवनको नारायणगढस्थित बजार क्षेत्रमा सडक मिचेर बनाइएका घर तथा संरचना भत्काउन शनिबार पनि डोजर चलाइएको छ । नारायणगढ-गोन्द्राङ ६ लेन सडक विस्तार कार्यका लागि शुक्रबारदेखि घरहरु भत्काउन थालिएको थियो ।

३५ दिने सूचना जारी गरेर अल्टिमेटम दिँदा पनि वेवास्ता गरेपछि उक्त सडक क्षेत्रभित्र परेका घर तथा संरचनाहरु भत्काउन थालिएको हो । सडक डिभिजन कार्यालय भरतपुरले शुक्रबार दक्षिणतर्फका घरटहरा भत्काएको थियो भने आज सडकको उत्तरतर्फको संरचना भत्काएको हो ।

डोजरले संरचना भत्काउन थालेपछि कतिपय घरधनीले भने आफैं संरचना भत्काउन थालेका छन् । शनिबार नारायणगढका चर्चित भेटघाट रेस्टुरेन्ट तथा वैष्णव मिस्‍ठान्‍न भण्डारको संरचनामा पनि डोजर चलेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय