त्रिभुवन विमानस्थलबाट १९ किलो सुनसहित सुडानी नागरिक पक्राउ

काठमाडौं, ८ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् । चेकजाँचका क्रममा १९ किलो सुनसहित सुडानी नागरिक मोहम्मद अहम्मद पक्राउ परेका हुन् ।
फ्लाई दुबईको उडानबाट नेपाल आएका उनलाई विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथबाट सुन बरामद भएको जनाइएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

