नवनिर्वाचित सांसदहरुद्वारा शपथ ग्रहण

काठमाडौं, ७ पुस । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहिबार दिउँसो ज्येष्ठ सदस्य एवम् राप्रपाका सांसद पशुपतिशमशेर जबराले अन्य सांसदलाई शपथ गराएका हुन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शपथ समारोहको आयोजना गरिएको थियो । शपथ समारोहमा धेरै पुरुष सांसदहरु दौरा सुरुवाल र महिला सांसदहरु सारी लगाएर उपस्थित थिए ।
केही सांसदहरुले आफ्नो जातीय पहिचान झल्काउने पोशाक लगाएका थिए । शपथग्रहण र लोगो वितरणपछि चियापान कार्यक्रम समेत आयोजना गरिएको थियो ।

