बक्यौता नतिर्दा डिस होममा ‘स्टार’का ३२ वटा च्यानल काटियो

काठमाडौं, ७ पुस । बक्यौता रकम लामो समयसम्म भुक्तानी नगरेपछि भारतीय टेलिभिजन कम्पनी स्टार इन्डियाले नेपालको डिसहोम सर्भिसमा आफ्ना ३२ वटा च्यानलहरु काटिदिएको छ ।

पटकपटक ताकेता गर्दा पनि रकम भुक्तानी गर्न आनाकानी गरेको भन्दै स्टारले पुस ३ गते रातिदेखि सबै च्यानलको सेवा बन्द गरिदिएको हो । नेपालमा स्टारका  स्टार स्पोर्टस, स्टार गोल्ड स्टार प्लस स्टार मुभिजलगायतका च्यानल लोकप्रिय छन् ।

सिग्नल काटिएपछि डिस मिडियाले आफुले तीन करोड ६ लाख भारु बक्यौता तिर्न बाँकी रहेको स्वीकार गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएको छ जसमा विदेशी च्यानललाई गरिने भुक्तानीसम्बन्धी नीति परिवर्तन गर्न माग गरिएको छ ।

आफूले पुस १५ भित्र रकम भुक्तानीको समय मागेको भए पनि विना सूचना सिग्नल काटेर भारतीय टीभी कम्पनीले दादागिरी देखाएको डिसहोमको आरोप छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय