नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण आज

निर्वाचित भएको प्रमाणपत्र लिएर आउन सचिवालयको अनुरोध

काठमाडौं, ७ पुस । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् ।

दिउँसो १ बजे नयाँ बानेश्‍वरस्थित संसद भवनमा हुने शपथ समारोहमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबरले अन्य सांसदहरूलाई सपथ खुवाउने कार्यक्रम छ ।

शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको छ भने नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम समेत आयोजना गरिएको छ ।

शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा अनुरोध गरिएको छ ।

ज्येष्ठ सदस्य राणाले बुधबार नै राष्ट्रपतिबाट शपथ ग्रहण गरिसकेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय