हात्तीको आक्रमणबाट एकजनाको ज्यान गयो

झापा, ६ पुस । झापाको बाह्रदशीमा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
मङ्गलबार दिउँसो जङ्गलबाट घाँसदाउरा लिएर फर्कने क्रममा हात्तीले आक्रमण गर्दा बाह्रदशी गाउँपालिका-१ का ३७ वर्षीय जगतबहादुर भुजेलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनी कचनकवल गाउँपालिका-१ स्थित पश्चिम देउराली चारकोशे सामुदायिक वनबाट भुजेल घाँसदाउरा लिएर फर्किँदै थिए ।
यसबारेमा थप आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

