आहा ! रारा पोखरा गोल्डकपमा १० टिम, विजेतालाई १२ लाख पुरस्कार

पोखरा, ६ पुस । मोफसलकै सर्वाधिक चर्चित ‘आहा ! रारा पोखरा’ गोल्डकपको २२औं संस्करण पुस १४ गतेदेखि सुरु हुँदै छ । प्रतियोगितामा सहभागी हुने १० वटै टिमको टुङ्गो लागेको छ ।

पोखरा रङ्गशालामा चल्ने प्रतियोगितामा ३ विभागीय टोली र एक विदेशी क्लबसहित कुल १० टिमको सहभागिता रहने आयोजक सहारा क्लबले मङ्गलबार जानकारी दिएको छ ।

प्रतियोगितामा एपिएफ क्लब, नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, मनाङ मर्स्याङ्दी क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बीवाईएससी मिनेसोटा, मच्छिन्द्र क्लब, संकटा क्लब, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले भाग लिने छन् ।

यस संस्करणदेखि गोल्डकपको पुरस्कार राशी पनि बढाइएको छ । विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन् । यसअघि विजेताले १० लाख तथा उपविजेताले ५ लाख पाउँदै आएका थिए ।

प्रतियोगिताको २१औं संस्करणमा गतवर्ष विभागीय टोली एपीएफले फाइनलमा मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा हराउँदै उपाधि जितेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...