काठमाडौं महानगर प्रहरीका सई तुलाचनद्वारा राजीनामा

काठमाडौं, ६ पुस । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलमा आन्तरिक विवाद देखिन थालेको छ । नगर प्रहरी प्रमुख राजु पाण्डेले अन्याय र अत्याचार गरेको भन्दै नायब निरिक्षक लोकनाथ चुडालले राजीनामा दिएका छन् ।

चुडालले पाण्डेमाथि तल्लो दर्जाका प्रहरीहरुलाई होच्याएर बोल्ने दुःख दिने अपशब्द प्रयोग गर्नेलगायतको आरोप लगाएका छन् । यस्तो हैकम सहन नसक्ने भन्दै आफुले राजीनामा दिएको चुडालको भनाई छ ।

आफ्नो २९ वर्षको सेवामा पहिलोपटक नेतृत्वबाट यस्तो व्यवहार भोगेको चुडालले बताए । दिनको १५ घण्टा बुट लगाएर खटिने र केहीबेर आराम गर्दा समेत पाण्डेले गालीगलौज गर्ने गरेको आरोप छ ।

गएको स्थानीय निर्वाचनबाट मेयरमा निर्वाचित भएर आएका बालेन शाहले धनपति सापकोटालाई हटाएर पाण्डेलाई नगर प्रहरी प्रमुख बनाएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...