चितवनको अरोमा कलेजमा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

चितवन, ५ पुस । चितवनको भरतपुरस्थित अरोमा कलेजमा शिक्षकद्वारा छात्राहरुमाथि यौन दुर्व्यवहार भएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । विद्यार्थीहरुको प्रदर्शनले मङ्गलबार दिनभर कलेज परिसर तनावपूर्ण बनेको थियो ।

कम्प्युटर ल्याबका शिक्षक रामकृष्ण सुवेदीले कम्प्युटर सिकाउने बहानामा छात्राहरुमाथि नराम्रो व्यवहार गर्ने तथा संवेदनशील अंगमा छुने, फेसबुक म्यासेन्जरमा पनि नराम्रो म्यासेज पठाउने गरेको आरोप छ ।

यसबारेमा चार दिनअघि नै जानकारी गराउँदा पनि कलेज प्रशसनले वेवास्ता गरेको भन्दै विद्यार्थीहरुले मङ्गलबार दिनभर प्रदर्शन गरेका थिए । उनीहरुले आफूले लगाएको टाइ बाल्नुका साथै तोडफोड पनि गरेका थिए ।

विद्यार्थीहरुको प्रदर्शनपछि प्रहरीले आरोपित शिक्षक सुवेदीलाई नियन्त्रमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय