४० वटा पार्टी राष्ट्रिय दल भएनन्
परेवान्युज
काठमाडौं, २१ मंसिर । पूर्वप्रधानमन्त्री मावधकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सहित ४० दल यसपटकको निर्वाचनमा राष्ट्रिय दल बन्न सकेनन् । निर्वाचन आयोगले मतगणना गरिसक्दा यी दल राष्ट्रिय दल बन्न असफल भए ।
चुनावमा ४७ दल सहभागी थिए । सहभागी मध्ये १२ दलले निर्वाचनमा कम्तीमा १ सिट जितेर संसदमा प्रतिनिधित्व गर्न पाएका छन् । त्यस मध्ये नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी ७ वटा पार्टी मात्रै राष्ट्रिय दल बनेका छन ।
यी बाहेक ४० दलले पाएका समानुपातिक मत राष्ट्रिय दलको भागमा गएको छ। समानुपातिक मतमा नेकपा एमाले सबैभन्दा ठूलो दल भएको छ । समानुपातिकतर्फ एमालेले२८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ । जसको हिसाब गर्दा अब एमालेले समानुपातिकबाट थप ३४ जना सांसद पाउछ ।
यता एमालेबाट छुट्टिएको नेकपा एकीकृत समाजवादीले भने प्रत्यक्षमा १० सिट जितेर पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउन सकेन । जम्मा एक सिट जितेको जनमत पार्टीले भने थ्रेसहोल्ड कटाएर समानुपातिकमा थप ४ सांसद पाउने भएको छ ।

