अस्मिताको आवाजमा लक्ष्मणको ‘कहिले फकाउने’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं, १८ मंसिर । संगीतकार लक्ष्मण आचार्यको ‘कहिले फकाउने’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका अस्मिता अधिकारीसँगै लक्ष्मण आफैंले पनि आवाज दिएका छन् ।
यस गीतको रचयिता पनि लक्ष्मण आफैं हुन् । गीतको भिडियोमा रोशनी कार्कीको अभिनय रहेको छ भने लक्ष्मण आफैं पनि देखिएका छन् । लक्ष्मण शर्मा अफिसियल युट्युब च्यानलमा बिहिबार गीत रिलिज भएको हो ।
भिडियोको कोरियोग्राफीमा अभि लामा रहेका छन् भने क्यामेरा तथा इडिटिङमा फराज अर्पण रहेका छन् ।
भिडियो:

