स्कटल्यान्डविरुद्ध टस हारेर नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं, १८ मंसिर । आइसिसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।
विन्डहकमा केहीबेरमा सुरु हुने खेलमा स्कटल्यान्डका कप्तान रिची बेरिङटनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
पहिलो खेलबाट नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर सोमपाल कामीलाई बेन्चमा राखेको छ भने करण केसी टिममा आएका छन् ।
नामिबियासँग पहिलो खेलमा वर्षाका कारण खेल पुरा हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका थिए ।
नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), आसिफ शेख(विकेटकिपर), अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, गुल्शन झा, करण केसी, ललित राजवंशी र सागर ढकाल ।

