क्रिकेट विश्वकप लिग टु : नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं, १८ मंसिर । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ ।
नामिबियाको विन्डहकमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ । खेलको कान्तिपुर टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने छ ।
गत शुक्रबार भएको नामिबियासँगको पहिलो खेलमा वर्षाका कारण दोस्रो इनिङको खेल हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका थिए ।
गएको जुलाइमा यिनै तीन टोली सहभागी श्रृंखला स्कटल्यान्डमा भएको थियो जसमा नेपालले नामिबियाविरुद्ध दुवै खेलमा हार व्यहोरेको थियो ।
स्कटल्यान्डलाई एक खेलमा हराउँदा एक खेलमा पराजित भएको थियो ।

