नामिबियाविरुद्ध टस हारेर नेपाल पहिले ब्याटिङमा

काठमाडौं, १६ मंसिर । आइसिसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नामिबियासँगको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।
विन्डहकमा केहीबेरमा सुरु हुने खेलमा नामिबियाका कप्तान जेरार्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले आजको खेलमा तीव्र गतिका बलर करण केसीलाई बेन्चमा राखेको छ भने नन्दन यादव र हरिशंकर शाह पनि बेन्चमा छन् ।
एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले नामिबियासँग हालसम्म खेलेका दुवै खेल हारेको छ ।
नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), आसिफ शेख(विकेटकिपर), अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, गुल्शन झा, सोमपाल कामी, ललित राजवंशी र सागर ढकाल ।

