डेनमार्कलाई हराउँदै अस्ट्रेलिया विश्‍वकप फुटबलको अन्तिम १६ मा

काठमाडौं, १४ मंसिर । अस्ट्रेलिया कतारमा जारी फिफा विश्‍वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । भर्खर सम्पन्‍न समूह चरणको अन्तिम खेलमा डेनमार्कलाई १-० ले हराउँदै अस्ट्रेलिया समूह डी बाट अगाडि बढेको हो ।

अस्ट्रेलियाको जीतमा दोस्रो हाफमा म्याथिउ लेकीले गरेको गोल नै निर्णायक बनेको थियो । लेकीले ६०औं मिनेटमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्किएन र १-० को जीतसहित अस्ट्रेलिया नकआउट चरणमा स्थान बनाउन सफल भयो ।

यस समूहबाट फ्रान्स यसअघि नै अघि बढ्ने पक्का भइसकेको थियो । अस्ट्रेलिया समूहको उपविजेता बन्यो भने फ्रान्स समूह विजेता बन्दै अन्तिम १६ मा पुग्‍यो ।

डेनमार्कले यस विश्‍वकपमा एक खेल पनि जित्‍न सकेन । उसले २ हार र १ बराबरीको नतिजा निकाल्यो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • रसुवा बाढी: धादिङका ७९ सम्पर्क विहीन 

    धादिङ । रसुवाको भोटेकोसी नदीमा गएको बाढीपछि धादिङका ७९ जना अझै सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेमा सबैभन्दा बढी...

  • आज जनैपूर्णिमा

    देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले...